थासाङ गाँउपालिकाकाे नीति तथा कार्यक्रम

गाँउ कार्यपालिकाको कार्यालय
कोवाङ, मुस्ताङ
नीति तथा कार्यक्रम
आ. व. २०७७।७८
१) सम्बन्धित सरोकारवालासँगको समन्वय तथा सहकार्यमा कृषि सम्बन्धी नीति कानुन तथा योजना निर्माण गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गरिनेछ साथै “विशेष स्थान विशेष कृषि उपज ” कार्यक्रमलाई लागु गरिनेछ ।
२) कृषि पूर्वाधारको विकास, साना तथा मझौला कृषि उद्यमशीलताको विकास, खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि गरिनेछ । निर्वामुखी खेती प्रणालीलाई व्यावसायिक खेती प्रणालीमा रुपान्तरण गरिनेछ ।कृषकलाई समयमा उन्नत बिउ, मल तथा कृषि प्रसार सेवा उपलब्ध गराइनेछ ।अर्गानिक खेती प्रवर्द्धन गरिनेछ ।
३) प्रतिकारात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक, पुनस्थापनात्मक लगायतका अधारभूत स्वास्थ्य सेवामा सबै पहुँच सुनिश्चित गरिनेछ ।
४) सर्ने तथा नसर्ने रोग नियन्त्रण तथा जनस्वास्थ्य, विपद व्यवस्थापन पूर्वतयारी तथा प्रतिकार्यका लागि सामुदायिक स्वास्थ्य प्रणाली सहितका एकिकृत उपाय अवलम्बन गरिनेछ ।
५) प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमलार्इ विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी यसलार्इ सबै बालबालिकाको लागि अनिवार्य गरिनेछ ।
६) अनिवार्य तथा नि: शुल्क शिक्षाको मापदण्डको आधारमा विद्यालय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गरिनेछ ।
७) युवाका लगि प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकासको अवसर र पहुँच सुनिश्चित गर्न व्यापक रुपमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रमको विस्तार गरिनेछ ।
८) धार्मिक, सांस्कृतिक एवम् पुरातात्विक सम्पदाहरुको संरक्षण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुका साथै प्रवर्द्धन गरी पर्यटकीय उपजको रुपमा विकास गरिनेछ ।
९) यस गाँउपालिका क्षेत्र भित्र रहेका प्रमुख पर्यटकिय गन्तव्य तथा नयाँ पर्यटकिय गन्तव्यको पहिचान गरि यस क्षेत्रमा पर्यटकको बसाई अवधि बढाउन पूर्वाधार निर्माणका साथै व्यापक प्रचारप्रसार गरिनेछ ।
१०) प्राकृतिक प्रकोप तथा जलवायु प्रतिकूलताका कारण हुनसक्ने सम्भाव्य असर वा हानी नोक्सानीलार्इ न्यूनीकरण गर्न विपत प्रतिकार्य कार्ययोजना बनाइनेछ ।
११) विपद जोखिमको पूर्वानुमान, अनुगमन, पूर्वतयारी र प्रभावकारी प्रतिकार्य गर्न आवश्यक पूर्वाधार, जनशक्ति, क्षमता र प्रविधिको अबलम्वन गरिनेछ ।
१२) गरिब घर परिवार पहिचान गरि वा पहिचान भएका गरिब लक्षित गरिवी निवारण योजना, कार्यक्रम तथा आयोजना तर्जुमा एवं कार्यान्वयन गरिनेछ ।
१३) पूर्वाधार विकास र वातावरणबिच सन्तुलन कायम गर्न आवश्यक कानुन र संरचना निर्माण गरी वातावरणीय प्रभाव मुल्याङ्कनलार्इ पूर्वाधार विकासको अभिन्न अंग बनाइनेछ ।
१४) फोहेरमैला व्यवस्थापनका लागि समुदायस्तरको सहभागिता सहित नविन प्रविधिको अवलम्बन गरिनेछ ।
१५) स्थानियस्तरमा वोलिने थकाली भाषाको संरक्षण र सम्बर्द्धनको लागि विशेष कार्यक्रम ल्याइनेछ ।
१६) स्थानिय सडक, कृषि सडक तथा झोलुङ्गे पुलहरुको मर्मत तथा स्तरोन्नती गरिनेछ ।
१७) कालीगण्की नदी तथा अन्य साना नदिको तटिय क्षेत्रमा रहेका वस्तीहरुको सुरक्षा तथा संरक्षणको लागि तटबन्द निर्माणको कार्यलाई निरन्तरता दिइनेछ ।
१८) रासायानिक मल र किटनाशक विषादिको प्रयोगबाट मानव स्वास्थ्यमा बढ्दो जोखिम न्यूनिकरणका लागि जैविक प्रविधिको विकास र विस्तार गरिनेछ ।
१९) स्थानिय सरकार सञ्चालनलाई प्रभावकारी रुपमा सञ्चालन गर्न थप कानुनहरुको निर्माण गरिनेछ ।









कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया