थपिए ५९३ संक्रमित, मृतकको संख्या २७ पुग्यो

समाधान संवाददाता २०७७ असार १२ गते १६:५३

समाधान संवाददाता

नेपालमा थप ५ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुने संख्या ११ हजार ७ सय ५५ पुगेको छ। हालसम्म १२ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुषमा संक्रमण देखिएको हो।

Advertisement

नेपालमा रसुवामा बाहेक ७६ जिल्लामा संक्रमण देखिएको छ। अहिलेसम्म २ हजार ६ सय ९८ संक्रमण निको भएका छन्।

थप १ जनाको मृत्यु

Advertisement

नेपालमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । असार ११ गते अचेत अवस्थामा भेटिएकी महिलाको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित नेपालमा मृतकको संख्या २७ पुगेको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ नजिकै अचेत अवस्था भेटिएकी अन्दाजी २५ देखि ३० वर्ष उनलाई प्रहरीले प्रतिष्ठानमा उपचारका लागि लगेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमले जाँचको क्रमको उनको मृत्यु भइसकेको र उनको परिवार समेत सम्पर्कमा नभएकाले खोजी भइरहेको बताए।

तपाईको प्रतिक्रिया