शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह

पाेखरा
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ ।
आयोगका सचिव वेदप्रसाद भट्टराइले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान विशेष परिस्थितिमा सरकारले लागू गरेको कार्यविधिको प्रभावकारी पालनामा सहयोग र साथ दिन स्थानीय सबै सरोकारवालालाई आग्रह गरिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाबीच भएको झडपको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले सो आग्रह गरेको हो ।
कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय बासिन्दासँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीच पनि सुरक्षाकर्मीबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको आयोगको अनुगमनबाट देखिएको छ ।
कुनै पनि व्यक्तिको मृत्युपश्चात् आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार शवको अन्त्येष्टि गरिनुपर्ने अधिकारको राष्ट्रिय कानूनका साथै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय कानूनले समेत प्रत्याभूति गरेको छ । सरकारले कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको सम्मानजनक रुपमा शव व्यवस्थापनका लागि कार्यविधिसमेत निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया