स्याङ्जामा २२ सहित ३२ संक्रमित थपिए, ८३८ मा संक्रमण

समाधान संवाददाता २०७७ असार १३ गते ७:३२

पाेखरा

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ३८ पुगेको छ | प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएकाे छ ।

स्याङ्जाकाे अर्जुनचाैपारी र वालिङ, पुतलीबजार र बिरुवामा गरी २२ जना, बागलुङकाे काठेखाेला र ढाेरपाटनमा गरी ८ जना र नवलपुरकाे हुप्सेकाेटमा २ जनामा शनिबार बिहान संक्रमण पुष्टि भएकाे हाे ।

Advertisement

स्वास्थ्य निर्देशनालयका गण्डकीका अनुसार बागलुङकाे ढाेरपाटनका १ पुरुष र काठेखाेलाका ७ पुरुषमा काेराेना देखिएकाे छ ।

स्याङ्जाकाे अर्जुनचाैपारीमा १२ महिनाका बालकसहित १३ पुरुष र ६ महिला, पुतलीबजारका १ पुरुष, बिरुवाका १ पुरुष र वालिङका १ पुरुषमा काेराेना देखिएकाे छ ।

Advertisement

यसैगरी नवलपुरकाे हुप्सेकाेट गाउँपालिकाका २ पुरुषमा काेराेना पुष्टि भएकाे छ ।

हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका व्यक्तिहरु आइसोलेसनमा बसिसकेकाे र अन्य पालिकाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

शुक्रबार साँझसम्मकाे तथ्यांक अनुसार प्रदेशभर १ सय १८ जना संक्रमित निकाे भएर घर फर्केका छन् ।

स्याङ्जाकाे वालिङ र अर्जुनचाैपारीका क्रमश ५८ र ५५ वर्षे २ पुरुषकाे काेराेना संक्रमणपछि मृत्यु भएकाे छ ।

तपाईको प्रतिक्रिया