स्याङ्जाका १२ महिने शिशुका आमाबुवामा छैन कोरोना

समाधान संवाददाता, पोखरा
कोरोना पुष्टि भएका स्याङ्जा अर्जुनचौपारीका १२ महिने शिशुका आमाबुवामा कोरोना नेगेटिभ देखिएको छ ।
संक्रमित शिशुका २२ वर्षे आमा र २५ वर्षका बुवामा कोरोना संक्रमण नदेखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर कुमार केसीले जानकारी दिए ।
उनले भने, ‘हामीले संक्रमित बच्चाको आमाबुवाको नाम र उमेर हे¥र्यौं । तर रिपोर्ट नेगेटिभ रहिछ । कसरी स¥यो सोेधपुछ गर्दैछौं ।’ गत ३१ जेठमा आमाबुवासँगै भारतबाट आएर क्वारेन्टाइनमा बसेका शिशुमा शनिबार बिहान कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित समाचार – आमाबुवासँगै भारतबाट आएका थिए स्याङ्जाका १२ महिने संक्रमित
संक्रमित शिशु भारतको दिल्लीबाट आमाबुवासँगै आएर ३१ जेठमा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए । आज बिहान कोरोना पोजेटिभ देखिएका गाउँपालिकाका सबै १९ जना वडा नम्बर ५ को कालिका आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।
भारतबाट आएर क्वारेन्टाइनमा बसेपछि उक्त क्वारेन्टाइनका ४१ जनाको स्वाब परीक्षणका लागि ५ असारमा पोखरा पठाइएको थियो । ४१ जनामध्ये बाँकी रिपोर्ट नेगेटिभ आएका २२ जना संक्रमितको सम्पर्कमा आए/नआएको यकीन गरेर मात्रै घर पठाइने भएको छ ।
‘संक्रमित भेटिएको क्वारेन्टाइनमा नेगेटिभ रिपोर्ट आउने पनि हुनुहुन्छ । ५ गते स्वाब लिएकाले यत्तिकै घर पठाउन मिल्दैन,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतमले भने, ‘नेगेटिभ आउनेहरु अरुसँग कत्तिको हेलमेल हुनुभयो । दुरी कायम गर्नुभयो/भएन भन्ने बुझेर मात्रै पठाउँछौं ।’
संक्रमित १९ सहित शिशुकी आमालाई हेलुस्थित कालिका सामुदायिक अस्पतालमा पठाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत गौतमले जानकारी दिए।
गाउँपालिकाको क्वारेन्टाइनमा अहिले ९२ जना बसिरहेको उनले बताए । तीमध्ये ८१ जना भारतबाट र ११ जना तेस्रो मुलुकबाट आएका हुन्। गाउँपालिकाले बाहिरबाट आएकालाई राख्न विभिन्न ६ ठाउँमा क्वारेन्टाइन बनाएको छ ।
तपाईको प्रतिक्रिया