रसुवामा पनि भेटिए संक्रमित, देशभर १२ हजार ३०९ जनामा संक्रमण

समाधान संवाददाता २०७७ असार १३ गते १६:४२

समाधान संवाददाता

नेपालका ७७ जिल्लामा नै कोरोना संक्रमित भेटिएका छन्। अहिलेसम्म रसुवामात्रै कोरोना संक्रमित नभेटिएको जिल्लाको सूचीमा थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार देशभर ५ सय ५४ जना संक्रमित थपिएका छन्। देशभर १२ हजार ३ सय ९ जनामा संक्रमण देखिएको छ।

आजमात्रै ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। तीमध्ये २८ जनाको मृत्यु भएको छ भने २ हजार ८ सय ३४ जना संक्रमण मुक्त भएका छन्।

तपाईको प्रतिक्रिया