९२ युनिट रगत संकलन
समाधान संवाददाता
२०७७ असार १३ गते १९:०३

पोखरा
बिहानी बचत तथा ऋण सहकारी संस्थाको १२ औं स्थापना दिवसको अवसरमा शनिबार पोखरामा भएको कार्यक्रममा ९२ युनिट रगत संकलन भएको छ ।
कार्यक्रम संयोजक तथा संस्थाका सञ्चालक देवीप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली उपस्थित थिए ।
संस्थाका अध्यक्ष धर्मराज भण्डारी, संस्थाका उपाध्यक्ष, पदाधिकारी, सञ्चालक, सल्लाहाकार लगायतले कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रम संयोजक अधिकारीले स्वागत गर्दै लकडाउनका बेला पोखरासहित मुलुकभर रगतको अभावका भएकाले सहकारीले रचनात्मक काम गरेर स्थापना दिवस मनाएको बताए ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा संस्थाको प्रधान कार्यालय न्युरोड र सुइँखेत सेवा केन्द्र हेम्जामा रगत संकलन गरिएको संस्थाका सचिव सुजनबाबु अधिकारीले बताए ।
सम्बन्धित
१









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया