सहाराका बालकलाई फुटबल बुट

समाधान संवाददाता २०७७ असार १३ गते १९:०६

समाधान संवाददाता
पोखरा

सहारा फुटबल एकेडेमीका बालकलाई शनिबार फुटबल बुट हस्तान्तरण गरिएको छ । पोखराको सहारा स्पोटर्स कर्नरको पहलमा गेगा फुटबल बुट कम्पनीको सहयोगमा प्राप्त २४ थान बुट शनिबार हस्तान्तरण गरिएको हो ।

कर्नरका सञ्चालक कल्पना कँडेलले सहारा क्लबका उपाध्यक्ष एवं एकेडेमीका संयोजक विश्वराज बराल, एकेडेमीका कप्तान शिशिर क्षत्री, पूर्व कप्तान कमलसमय मगरसहितको टोलीलाई बुट हस्तान्तरण गरेकी हुन् ।

Advertisement

कर्नर सञ्चालक कँडेलले एकेडेमीमा बुट उपलब्ध गराउन कम्पनीसँग सहजीकरण गरेपछि कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत करिब ३० हजार मूल्य बराबरका ती बुट सहयोग गरेको हो ।

पोखरामा विगत ६ वर्ष देखि स्पोटर्सका सामान बिक्री वितरण गर्दै आएको कर्नरले आगामी दिनमा पनि एकेडेमीमा थप सहयोग उपलब्ध गराउन पहल गर्ने कँडेलले जनाइन् । देशमा लकडाउन भएको अवस्थामा पनि कम्पनीले उक्त बुट उपलब्ध गराएकोमा धन्यवाद दिँदै संयोजक बरालले विभिन्न सहयोगीको हातबाट एकेडेमी सञ्चालन हुँदै आएको बताए । एकेडेमीमा हाल १३ जिल्लाका २४ जना बालक छन् ।

Advertisement

लकडाउनको समयमा उनीहरुलाई फुटबल एकेडेमीमै राखेर दैनिक प्रशिक्षण समेत हुँदै आएको संयोजक बरालले जनाए ।

तपाईको प्रतिक्रिया