माउन्ट अन्नपूर्ण स्कुलमा अंग्रेजी निबन्ध प्रतियोगिता
पाेखरा
माउन्ट अन्नपूर्ण माविले कक्षा ११ र १२ का विद्यार्थीहरुका बीचमा खुल्ला अन्तर सेक्सन अंग्रेजी निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
१२ वटै सेक्सनबाट ९३ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रमबारे प्रकाश पार्दै विद्यालयका प्राचार्य प्रदीपकुमार लम्साल र विद्यालयका ऐकेडेमिक डाइरेक्टर अशोककुमार शाहीले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व विकाश तथा अन्तरनिहीत प्रतिभा प्रस्फुटनमा थप सहयोग गर्ने कुरा प्रष्ट पारेका थिए ।
हालको विषम परिस्थितिलाई मध्य नजर गर्दै विभिन्न ३ वटा शीर्षक दिइएको उक्त कार्यक्रममा विद्यार्थीहरुले दिइएको निर्देशन अनुसार आफ्नो घरमै बसेर प्रविधिको उच्चतम प्रयोग गरि कार्यक्रममा उत्साह जनकरुपले आफ्नो सहभागिता जनाएका थिए ।
विद्यालयका +२ संयोजक कृष्ण लम्सालको संयोजकत्वमा सँचालित उक्त प्रतियोगिताको प्राविधिक जिम्मेवारी विद्यालयका प्रशासक प्रदिप पोखरेलले सम्हाल्नेका थिए ।
प्रतियोगितामा प्रथम स्थान कक्षा ११ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्र संगीत रोक्का, द्वितीय स्थान कक्षा १२ होटल व्यवस्थापन संकायमा अध्ययनरत छात्रा मिनाक्षी तिलिजा र तृतीय तथा सान्त्वना स्थान कक्षा ११ व्यवस्थापन संकायमा अध्ययनरत छात्राहरु क्रमशः ममता के.सी.र प्राप्ती राज्य लक्ष्मी राणा ले हाँसिल गरेका थिए ।
विद्यालयले शिक्षा क्षेत्रमा कोभिड—१९ ले पारेको परिस्थितिलाई मध्यनजर गर्दै यस अघि पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको साथै कक्षा ११ र १२ का विद्यार्थीहरुलाई प्रविधि मैत्री शिक्षा दिने अभिप्रायले अनलाईन मार्फत पठन—पाठनलाई अगाडि बढाई राखेको विद्यालयका ऐकेडेमिक डाईरेक्टर अशोककुमार शाहीले जानकारी दिए ।
यस्तै परिस्थिति थपिँदै गएमा नयाँ शैक्षिक सत्र सञ्चालनका लागि विद्यालयले अनलाईन कक्षाहरु चलाउन आवश्यक तयारी तथा पूर्वाधार व्यवस्थापन गरिसकेको विद्यालयका प्राचार्य प्रदीपकुमार लम्सालले बताए ।
तपाईको प्रतिक्रिया