‘गण्डकीमा सलह देखिएको छैन’
समाधान संवाददाता
२०७७ असार १३ गते २१:०१
समाधान संवाददाता
गण्डकी प्रदेशमा शनिबार साँझसम्म सलह किराको समस्या नदेखिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
छिमेकी प्रदेशमा देखिएकाले गण्डकीमा प्रवेश गर्ने सम्भावना बढी रहेको मन्त्रालयका वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले बताए ।
उनले भने, ‘स्याङ्जाको छिमेकी जिल्ला पाल्पामा देखिए पनि गण्डकीमा अहिलेसम्म सलह देखिएके रिपोर्ट भएको छैन । भोलितिर स्याङ्जाको पश्चिमि भेगमा देखिने आँकलन छ ।’
कास्कीमा सलह देखिएको भने पनि अहिलेसम्म पुष्टि भइनसकेको वागवानी विकास अधिकृत ज्ञवालीले बताए । टाढासम्म उड्न सक्ने र ठूलो क्षति गर्न सक्ने भएकाले सतर्कता अपनाउन किसानलाई उनको सुझाव छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया