छैराे क्याम्पका संक्रमितसँगै आएका २४ जनामा छैन काेराेना
एसके थकाली, जोमसोम
कोरोना भाइरस पुष्टि भएका ८३ वर्षीय मुस्ताङको तिब्बती शरणार्थी क्याम्पमा बस्ने एक बृद्धसहित बसमा आएका २४ जनाको रिपोर्ट शनिबार नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।
मुस्ताङ आउने क्रममा आरडिटी परीक्षण गर्दा क्याम्पका बृद्धलाई आरडिटी पोजेटिभ देखिएको थियो । उनको पहिलो पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि पुन दोहाेर्याएर स्वाब पोखरा पठाइएको स्वास्थ्य कार्यालयले बतायो । उनीसँगै उनको सुसार गर्न बसेका ज्वाइँकाे पनि पुन स्वाब पोखरा पठाइएको छ । संक्रमित पुष्टि भएका बृद्धसहित गत जेठ ३२ गते छैरो तिब्बती क्याम्पका २० जना व्यक्ति र बसका चालक तथा सहचालक ३ जना र अर्को एक व्यक्ति समेत गरी २४ जना काठमाडाैंबाट मुस्ताङ आएका थिए ।
म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा स्वास्थ्य परीक्षण गर्दा बृद्धलाई पोजेटिभ देखिएको थियो । क्याम्पका सबैजनालाई होम क्वारेन्टाइनमा बस्न लगाइएको थियो भने बृद्ध र ज्वाइँ २ जना जोमसोम अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
क्याम्पका बृद्धलाई कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले क्याम्प सिल गरेको थियो ।
मुस्ताङमा अहिले सम्म ५० जनाको पिसिआर परीक्षण भइसकेको छ भने ३ जनाको रिपोर्ट आउन बाँकी छ ।
तपाईको प्रतिक्रिया