अनुराग अधिकारीलाई मातृशोक
समाधान संवाददाता
पोखरा
गजलकार अनुराग अधिकारीलाई माृतशोक परेको छ । अधिकारीकी ८५ वर्षीया आमा बद्रीमाया अधिकारीको बिहीबार पोखरामा निधन भएको हो ।
अन्तिम अवस्थामा दम रोगका कारण समस्या देखिएपछि अधिकारीलाई पोखराको मेट्रोसिटी हस्पिटलमा लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत्युको घोषणा गरेका हुन् ।
अधिकारीका २ छोराहरु अनुराग (पीताम्बर) र दीननाथ छन् भने ६ छोरीमध्ये नारायणी सुवेदी, पार्वती सिग्देल, शारदा बराल, राधा बराल, भगवती पौडेल छन् । माहिली छोरी कृष्णा भट्टराई र पति विश्वनाथ अधिकारीको निधन भइसकेको छ । उनका २३ जना नातिनातिनी छन् ।
अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारी सुगम संगीत यात्राका अध्यक्ष, गीतकार प्रतिष्ठान, नेपालका महासचिव पनि हुन् । उनी शिक्षण, साहित्य र सञ्चारका क्षेत्रमा क्रियाशील छन् । अनुरागकै रचना, हरिहर खनियाको सङ्गीत र सी. डी. विजय अधिकारीको स्वरमा रहेको आमा तिम्रो पाउमा शिर राखी जिन्दगीभर थाक्दिनँ म… बोलको गजलमा आमा बद्रीमायाले अभिनयसमेत गरेकी थिइन् ।
अधिकारी परिवार हाल पोखरा–३१, वेगनासमा रहेको घरमा काजकिरियामा छ ।
तपाईको प्रतिक्रिया