पहिरोले पुरिएर पतिको मृत्यु, पत्नी घाइते

समाधान संवाददाता २०७७ असार १४ गते ११:५३

Advertisement

स्याङ्जा

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परेर आइतबार बिहान स्याङ्जाको गल्याङमा १ जनाको मृत्यु भएको छ ।

Advertisement

पहिरोमा परेर गल्याङ नगरपालिका ९ साङलियका ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहान ३ बजेतिर घर माथिबाट आएको पहिरोमा परी ४२ वर्षीय पत्नी फूलमाया विक घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएपी राजेन्द्र अधिकारीले जानकारी दि ।

Advertisement

घाइतेको पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । ४ जनाको परिवार रहेका विकको छोरा र छोरी भने सकुशल छन् ।

तपाईको प्रतिक्रिया