रवीन्द्र स्मृति प्रतिष्ठानद्वारा वृक्षरोपण
पोखरा
जननेता मदनकुमार भण्डारीको ६९ औं जन्मजयन्ती तथा दोस्रो राष्ट्रिय वृक्षरोपण दिवसको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा आइतबार विभिन्न प्रजातीका बिरुवा रोपिएको छ र
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेशका सहइन्चार्ज, प्रतिनिधि सभा सदस्य खगराज अधिकारिले उद्घाटन गरेका थिए । अधिकारीले जननेता मदनकुमार भण्डारीले विश्व कम्युनिस्ट आन्दोलनलाई नेपालबाट नयाँ शिराबाट उठाएको भन्दै उनको योगदानको चर्चा गरे ।
पोखरा ३३ र २१ मा पर्ने रवीन्द्र स्मृति पार्क र सर्मानेढुंगामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्यद्वय श्रीनाथ बराल, सीता गिरी ओली, केन्द्रीय सदस्य एवं पोखरा महानगरका मेयर मानबादुर जिसी, नेकपा कास्की अध्यक्ष एवं प्रदेश सभा सदस्य कृष्णबहादुर थापा, पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, नेकपा कास्की जिल्ला कमिटी सदस्य झपट रानाभाट लगायत सहभागी थिए । उनीहरुले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भन्डारीको योगदानको चर्चा गर्दै नेकपालाई अझै सुदृढ एकताका साथमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
उक्त अवसरमा वर, पीपल, समी, अशोका, कल्चा लगायतका करिब २ सय ५० बिरुवा रोपिएको छ । प्रतिस्ठानका अध्यक्ष प्रतिनिधि सभा सदस्य विद्या भट्टराई अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन कास्कीका सचिवालय सदस्य दामोदर वैरागीले गरेका थिए ।
तपाईको प्रतिक्रिया