मदन भण्डारीको मार्गदर्शन जीवन्त
समाधान संवाददाता
स्याङ्जा
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य सीताकुमारी सुन्दासले मदन भण्डारीको मार्गदर्शन जवन्त रहने बताएकी छन् ।
भण्डारीले देखाएको बाटोमा सबै लाग्नुपर्ने भन्दै सुन्दासले भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादको अनुसरण सबैले गर्नुपर्ने बताइन् ।
जिल्ला पार्टी कार्यालयमा नेकपा स्याङ्जाले आइतबार आयोजना गरेको ६८ औं मदन जयन्तीको अवसरमा भएको प्रवचन कार्यक्रममा सुन्दासले पार्टीले लिएका मार्गहरुलाई सबैले लागु गर्नुपर्ने भन्दै तेरो मेरो नभनी अगाडि बढ्नु पर्ने बेला आएको बताइन् ।
लेनिनले सबैभन्दा पहिला संसारमा स्थापन गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का आएको स्मरण गर्दै सुन्दासले तत्कालीन अवस्थामा भण्डारीले माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याएको बताइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सभा नेकपा संसदीय दल सचेतक गायत्री गुरुङ, जिल्ला अधयक्ष सूर्यप्रसाद गैरे, पूर्व जिल्ला विकास समितिका सभापति रामबहादुर थापा र गण्डकी प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, जिल्ला कार्यालय सदस्य रामचन्द्र भट्टराई लगायतले भण्डारी कुशल नेतृत्वले कम्युनिस्टहरुको अहिले नेपालमा २ तिहाइ रहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया