सिद्ध माविलाई स्टेशनरी हस्तान्तरण
समधान संवाददाता
पोखरा
पोखरामा रहेको ग्लो संस्थाले पोखरा १५ स्थित सिद्ध माविका विद्यार्थीलाई स्टेसनरी सामान वितरण गरेको छ ।
शनिबार विद्यालय प्रांगणमा भएको कार्यक्रममा पोखरा महानगर वडा नं. १५ का वडाध्यक्ष प्रकाश पौडेलले यस्तो बन्दाबन्दीको अवस्थामा पनि विद्यार्थीलाई सहयोग गरेकोमा धन्यवाद दिए । विद्यालय खुल्न नसकिरहेको अवस्थामा विद्यालयमै आएर शैक्षिक सामग्री हस्तान्तरण गर्नुले विद्यार्थी तथा अभिभावकमा राहत पुगेको बताए ।
ग्लो संस्था कास्कीका सल्लाहकार सुमन शर्माले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि शैक्षिक सामग्री यतिबेला आवश्यक रहेको महसुस भएकाले संस्थाले सहयोग गरेको बताए ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले अहिलेको विषम परिस्थितिमा ग्लो संस्थाले गरेको सहयोगले विद्यालय विद्यार्थी सामू पुग्नुले वैकल्पिक अध्ययन अध्यापन कार्यलाई टेवा पुगेको बताए ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले विद्यालयका ४७ विद्यार्थीहरुलाई करिब ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमे सञ्चालन शिक्षक राजेन्द्र गिरीले गरेका थिए ।
तपाईको प्रतिक्रिया