पोखरामा पनि देखियो सलह
समाधान संवाददाता
२०७७ असार १४ गते १४:१६
समाधान संवाददाता
गण्डकी प्रदेशको राजधानी पोखरामा सलह किरा देखिएको छ । पोखरा महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियका अनुसार ठूलो संख्यामा नदेखिए पनि पोखरा–१७ महतगौंडामा आज बिहान ८/१० वटा सलह किरा देखिएको हो ।
उनले भने, ‘धेरै ठूलो संख्यामा देखिएको छैन । बिहान एक जना कृषक सलह लिएर महानगरमै आउनुभएको थियो । त्यसको प्रकृति हेर्दा सलह नै हो भन्ने पुष्टि गर्न सकियो ।’ बालीमा क्षति पुग्ने गरेर सलह देखिएको जानकारी अहिलेसम्म कतैबाट नआएको महाशाखा प्रमुख कडरियाले बताए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया