बुद्ध विशाल बजारमा रक्तदान, ६५ युनिट संकलन

समाधान संवाददाता २०७७ असार १४ गते १५:५१

पोखरा

Advertisement

बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको आयोजना तथा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सयोगमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एसोसिएसनले आठौं पटक आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ६५ जनाले स्वतस्फूर्त रूपमा रक्तदान गरेका छन् । कार्यक्रममा बुद्ध विशाल बजार व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर शेरचनले पहिलो रक्तदाता बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका पूर्व अध्यक्ष तथा सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

Advertisement

कार्यक्रममा अध्यक्ष शेरचनले सबैभन्दा ठूलो दान रक्तदान कार्यक्रम आयोजना गरेकोमा एसोसिएसनलाई धन्यवाद दिँदै आगामी दिनहरुमा व्यवस्थापन समिति र एसोसिएसन सँगसँगै मिलेर काम गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

रक्तदान कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एसोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले रगत पैसा तिरेर पनि पाइँदैन, पसलमा किन्न पनि पाइँदैन, बेलैमा रगत नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । कोरोनाको यो महामारीको अवस्थामा रगतको चरम अभाव भएको र यति बेला दुर्घटना तथा शल्यक्रिया, प्रसूति लगायतका आपत्कालीन उपचार चाहिने बिरामी रगत नपाएकै कारण जीवन र मरणको अवस्थामा अस्पतालको शय्यामा छटपटाइरहेका अवस्थामा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनले सामाजिक उत्तरदायित्व बहन गर्दै आठाैं पटक यो रक्तदान कार्यक्रम आयोजना गरेको बताए ।

Advertisement

उक्त कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका महासचिव इन्द्रराज अर्यालले सञ्चालन गरेका थिए । एसोसियसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिव शर्माले रक्तदान कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै आगामी दिनहरुमा पनि सवैको साथ र सयोग हुने बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनका सचिव बुद्धिबहादुर कुँवर सल्लाहकार जगन्नाथ ढकाल, ध्रुवप्रसाद रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया