भलिबल प्रमुख प्रशिक्षकमा प्रज्ज्वल

समाधान संवाददाता २०७७ असार १४ गते १६:०२

समाधान संवाददाता
पोखरा

भलिबलको प्रमुख प्रशिक्षकमा प्रज्ज्वलबहादुर सिंह नियुक्त भएका छन् । २०७७ असार गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार सोही मिति देखि लागु हुने गरि उनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको हो ।

काठमाडौं जिल्लामा कार्यरत प्रशिक्षक सिंहलाई समान पद, श्रेणी तथा सेवा कायम रहने गरि प्रमुख प्रशिक्षकमा नियुक्ति गरिएको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ ।

Advertisement


२०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सिंह २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । व्रह्म स्र्पोट्स क्लबबाट भलिबल खेल्ने सिंह आफ्ना समयका निकैनै राम्रा खेलाडीमा गनिन्थे ।

Advertisement

तपाईको प्रतिक्रिया