गण्डकीमा ८ सय ९५ जनामा काेराेना संक्रमण
समाधान संवाददाता
२०७७ असार १४ गते १६:४७
पाेखरा
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय ९५ पुगेको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा आइतबार दिउँसाे थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङमा २, म्याग्दीमा २, पर्वतमा १, तनहुँमा १ र पाेखरामा १ जनामा काेराेना पुष्टि भएकाे हाे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया