गण्डकीमा थप ४९ संक्रमित निकाे भए

समाधान संवाददाता २०७७ असार १४ गते १७:१०

पाेखरा

कोरोनाको संक्रमण पुष्टि भई विभिन्न ४ जिल्लाका आइसोलेसन कक्षमा उपचाररत ४३ जना पुरुष र ६ जना महिला गरी ४९ जना निको भइ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ सय ७० पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा विनाेदबिन्दु शर्माले बताए ।

Advertisement

आइतबार सबैभन्दा बढी स्याङ्जामा ४ महिला र २८ पुरुष गरी ३२ जना घर फर्केका छन् । पर्वतमा १ महिलासहित ८ जना, तनहुँमा १ महिलासहित ६ जना र म्याग्दीमा ३ पुरुष निकाे भएर घर फर्केका हुन् ।

प्रदेशभर आइतबार साँझसम्म ८ सय ९५ जनामा काेराेना पुष्टि भएकाे छ । काेराेना पुष्टि भएका २ जना पुरुषकाे मृत्यु भइसकेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया