मुलुकभर ४ सय ६३ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असार १४ गते १६:५५

पोखरा
नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ५ महिला र ३ सय ५८ जना पुरुषमा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हालसम्म ३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । मुलुकभर ६१ हजार ७ सय ३१ जना क्वारेन्टिनमा र ९ हजार ७ सय ३१ जना आइसोलेसनमा छन् । नेपालका ७७ वटै जिल्लामा फैलिएको कोरोनाबाट २८ जनाको मृत्यु भइसकेको छ ।
गण्डकी प्रदेशमा ८ सय ९५ जनामा कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया