गण्डकी सरकारले भन्यो – किरा छेक्ने जाली लगाएर बाली जोगाउनुस्

समाधान संवाददाता २०७७ असार १४ गते १७:०४

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशले बाली नासक सलह किरा नियन्त्रणको प्रयास स्वरुप ¥यापिड रेस्पोन्स टिम गठन गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आइतबार बसेको बैठकले तयारी स्वरुप वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा ६ सदस्यीय ¥यापिड रेस्पोन्स टिम गठन गरेको हो ।

रेस्पोन्स टिमको सदस्यमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मिरा चौधरी र सन्जिव बास्तोला र कृषि प्रसार अधिकृत विश्वास काफ्ले सदस्य छन् ।

Advertisement

सलह देखिए चर्को ध्वनी र धुँवाको प्रयोग गरेर किराको झुन्डलाई अन्यत्रै मोड्न, जालीले छोपेर बाली जोगाउन र विषादी प्रयोग गर्न परे सुरक्षित भएर प्रयोग गर्न मन्त्रालयले किसानलाई सुझाव दिएको छ ।

सलहबारे केही बुझ्नु परे वा प्रदेशभर कहीँ समस्या देखिए कृषकले सोझै रेस्पोन्स टिमका पदाधिकारीसँग सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । प्रदेशका ३ जिल्लामा सलह देखिएको समाचार सार्वजनिक भए पनि मन्त्रालयले सलह भएको पुष्टि गरेको छैन ।

Advertisement

रेस्पोन्स टिमका सदस्य रहेका वागवानी विकास अधिकृत ज्ञवालीले प्रदेशका केही ठाउँमा सानो संख्यामा सलहजस्तै फट्याङग्रा देखिएकाले सलह नै भन्ने पुष्टि गर्न नसकिने बताए ।

हेर्नुहोस् कृषि मन्त्रालयको अनुरोध :

तपाईको प्रतिक्रिया