अर्थमन्त्री गुरुङको निर्वाचन क्षेत्रका विकास योजना अनुगमन

कृष्ण न्यौपाने
दमौली
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको निर्वाचन क्षेत्रमा सञ्चालन गरिएका विकास योजनाको अनुगमन गरिएको छ । तनहुँ निर्वाचन क्षेत्र २ (ख) अन्तर्गत विभिन्न स्थानीय तहमा चालु आर्थिक वर्ष ०७६÷७७ मा सञ्चालन भएका विकास योजनाको अनुगमन गरिएको हो ।
गण्डकी प्रदेश सभा सदस्य एवं अनुगमन समितिका संयोजक प्रभा कोइराला, जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेल, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँका प्रमुख दीपा गौतम लगायतले मन्त्री गुरुङको निर्वाचन क्षेत्र अन्तर्गतका घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका भीमाद नगरपालिकामा सञ्चालन भएका विकास योजनाको अनुगमन गरेका हुन् ।
अनुगमन टोलीले घिरिङ गाउँपालिका वडा नं ३ स्थित चक्रदेवी मोटरमार्ग, वडा नं २ स्थित कटहरे–डुम्रीवेशी मोटरमार्ग, वडा नं १ स्थित कुमाल समाज घर र वडा नं ३ स्थित घिरिङ कोट संरक्षणको अनुगमन गरेको छ । त्यस्तै भीमाद नगरपालिका वडा नं ४ स्थित नरीकोट सडक स्तरोन्नति, वडा नं ५ स्थित शितलमार्ग स्तरोन्नति, वडा नं ९ स्थित सिद्धगुफा मोहरिया सडक स्तरोन्नति, तुरतुरे बरनछाङ्गा धावादीफेदी नयाँ ट्रयाक निर्माण, धन्दुर इको पार्क तथा पर्यटन पूर्वाधार र भानुमति मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि समूहको भवनको पनि अनुगमन गरेको मन्त्री गुरुङका स्वकीय सचिव रामकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अनुगमन टोलीले ऋषिङ गाउँपालिकास्थित शुकेपोखरी धनुबास ग्वास्लुङ कोइदिम धवला झापुटार सडक, अजम्बरी आमा समूह भवन, झिरुवास राम्जाकोट दलित सामुदायिक भवनको अनुगमन गरेको छ । ऋषिङ गाउँपालिकाकै लाफा भिलेज, भिरकोट जनजातिको सामुदायिक भवन र टोड्केदी खानेपानी आयोजनाको मर्मत सम्भारको काम भने अनुगमन गर्न बाँकी रहेको छ ।
अनुगमन गरिएका कामहरुको प्रगति विवरण सन्तोषजनक पाइएको अनुगमन समितिले निष्कर्ष निकालेको छ । प्रदेश निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गत मन्त्री गुरुङको निर्वाचन क्षेत्रमा रु दुई करोडका योजना सञ्चालन गरिएका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया