स्याङ्जाकाे गाेठिङ फाँटकाे ३१० राेपनी जग्गामा चक्लाबन्दी खेती, मुख्यमन्त्रीले गरे शुभारम्भ
समाधान संवाददाता
२०७७ असार १५ गते १३:०४

समाधान संवाददाता
राष्ट्रिय धान दिवसकाे अवसरमा स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ४ गोठिङ फाँटमा जमिन चक्लाबन्दी परियोजना शुभारम्भ भएकाे छ । उक्त परियाेजनाकाे शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले गरे ।
प्रदेश सरकारले कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरणका लागि जमिन चक्लाबन्दी परियोजना सञ्चालन गरेको छ ।
प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य अनुरूप सञ्चालित धेरै कार्यक्रममध्ये जमिन चक्लाबन्दी पनि एक हो ।
यहाँ १ सय २० किसानको ३ सय १० रोपनी जमिन चक्लाबन्दी भएको छ । किसानले ५९ लाख रूपैयाँ खर्च गरिसकेका छन् ।
धान उत्पादनमा वृद्धि, आत्मनिर्भर र समृद्धि भन्ने नाराका साथ गोठिङ कृषक समूहले चक्लाबन्दी परियोजनाको काम अघि बढाएका हुन् ।
प्रदेश र स्थानीय सरकारले यहाँ किसानलाई सहयोग उपलब्ध गराउँदै छन् ।



सम्बन्धित







पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया