नेपालमा कोरोना संक्रमित १३ हजार नाघे, २९ को मृत्यु
समाधान संवाददाता
२०७७ असार १५ गते १७:४०
समाधान संवाददाता
बितेको २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १३ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थपिएका मध्ये काठमाडौंका ६ जना छन् ।
नयाँ संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
बितेको २४ घण्टामा १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएसंगै नेपालमा ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।
मन्त्रालयका अनुसार ललितपुरको स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया