पछिल्लो २४ घन्टामा गण्डकीमा थपिए ५३ संक्रमित, प्रदेशभर ९४९
समाधान संवाददाता
२०७७ असार १५ गते १९:५८
समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा ५ जिल्लाका ५३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भएको पिसिआर परीक्षणमा स्याङ्जा १०, तनहुँ १०, बागलुङ १४, पर्वत १३ र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै प्रदेशभर ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमण मुक्त भई नवलपरबाट १६ जना घर फर्किका छन् । योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया