मनाङ भयाे कोरोनामुक्त
समाधान संवाददाता
पोखरा
हिमाली जिल्ला मनाङ कोरोनामुक्त भएको छ । जिल्ला सदरमुकाम चामेमा बनाइएको आइसोलेसनमा रहेका कपिलवस्तु बाँणगंगाका ५७ वर्षीय पुरुष सोमबार डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यका अनुसार ती संक्रमितको रिपोर्ट नेगोटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको हो ।
जेठ २४ गते मनाङ पुगेका उनी क्वारेन्टाइनमा बसेका थिए । स्वाब लिएर पोखरा पठाउँदा असार ४ मा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कार्यालयमा कामको चाप बढेपछि उनी कपिलवस्तुस्थित घरबाट मनाङ पुगेका हुन् ।
मनाङमा क्वारेन्टाइनका लागि ९३ र आइसोलेसनका लागि ७ बेड तयार गरेकोमा अहिले क्वारेन्टाइन र आइसोलेसन खाली भएको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।
मनाङ जिल्ला प्रवेशका लागि धेरै नाका नभए पनि आवतजावतमा कडाइ गरिएको छ । संक्रमण देखिएका जिल्ला आउने कर्मचारीलाई समेत रोक लगाइएको छ । जिल्लामा लकडाउन सशक्त रुपमा लागु भइरहेको उनले बताए ।
तपाईको प्रतिक्रिया