दुर्लुङका पहिराेपीडितलाई लायन्सकाे राहत

समाधान संवाददाता २०७७ असार १५ गते २३:०९

पाेखरा

Advertisement

लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ नेपालले पर्वतकाे कुस्मा नगरपालिका ३ दुर्लुङका पहिरो पीडितलाई साेमबार राहत प्रदान गरेकाे छ ।

रिजन चियरपर्सन ऋषि गिरीका अनुसार पीडित लायन्सकाे तर्फबाट नगद र जस्तापाता सहित ३ लाख ६८ हजार रुपैयाँ बराबरकाे राहत साेमबार दुर्लुङमै पुगेर हस्तान्तरण गरिएकाे हाे ।

Advertisement

३ परिवारलाई ५० हजार रुपैयाँका दरले र १ परिवारलाई २० हजार रुपैयाँसहित २२ परिवारलाई १/१ बण्डल जस्तापाता हस्तान्तरण गरेकाे जाेन चियरपर्सन वसन्तराज सिग्देलले जानकारी दिए ।

डिस्ट्रिक्टकाे आह्वानमा वागमती, गण्डकी र धवलागिरी क्षेत्रमा रकम संकलन गरेर पीडितहरुलाई सहयाेग गरिएकाे हाे ।

Advertisement

रकम संकलनका लागि पोखराबाट राम बसेल, काठमाडौंबाट कृष्ण पराजुली, कुस्माबाट वसन्त कर्माचार्य, बेनीबाट चन्द्रकुमार केसी, बाग्लुङबाट काजिमान गुरुङ लगायतकाे सक्रियता थियाे ।

सहयाेग हस्तान्तरण कार्यक्रममा कुश्मा ३ का वडाध्यक्षा तेजप्रसाद पाध्या, काे चिफ एड्भाइजरद्वय चन्द्रबहादुर केसी, वसन्त कर्माचार्य, पिआरओ पार्वती खड्का, रिजन चियरपर्सनद्वय रतन भण्डारी र ऋषि गिरी, जाेन चियरपर्सनद्वय वसन्तराज सिग्देल र गाेविन्दप्रसाद सुवेदी, लायन्स क्लब अफ गण्डकी स्टेटका अध्यक्ष शिव गाैतम लगायतकाे सहभागिता थियाे ।

साउन ३१ गते राति गएकाे पहिराेमा परी दुर्लुङका २ परिवारका ८ जनाकाे निधन भएकाे छ भने १ जना अझै बेपत्ता छन् ।

तपाईको प्रतिक्रिया