पाेखरा अस्पताल र आविष्कार क्लिनिक मर्ज
समाधान संवाददाता
२०७७ असार १६ गते ६:५७
![](https://www.samadhannews.com/wp-content/uploads/2020/06/merger.jpg)
पाेखरा पोखरा अस्पताल प्रालि र आविष्कार क्लिनिक एन्ड इएनटी केयर सेन्टरबीच मर्जर सम्झौता भएको छ ।
अस्पतालका तर्फबाट अध्यक्ष प्राडा गोपीप्रसाद हिराचन र आविष्कार क्लिनिकका तर्फबाट डा. कृष्ण बोगटीले सम्झौतापत्रमा साेमबार हस्ताक्षर गरेका छन् ।
यो सँगै आविष्कार क्लिनिकबाट बिरामीहरुले लिँदै आएकाे सेवा ईन्द्र चोकस्थित पाेखरा अस्पताल प्रालिबाट प्रदान हुने पोखरा अस्पताल प्रा लिका अध्यक्ष प्राडा गोपीप्रसाद हिराचनले बताए ।
आविष्कार क्लिनिकका सञ्चालकद्वय नाक कान घाँटीरोग विशेषज्ञ डा. सञ्जय कोइराला र एनेस्थेयोलोजिस्ट डा कृष्ण बोगटीलाई अध्यक्ष हिराचनले स्वागत गरे ।
साउन १ गते देखि पोखरा अस्पतालबाट डा काेइराला र बाेगटीले पूर्णकालीन रुपमा काम गर्ने भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया