पाेखरा अस्पताल र आविष्कार क्लिनिक मर्ज
समाधान संवाददाता
२०७७ असार १६ गते ६:५७

पाेखरा पोखरा अस्पताल प्रालि र आविष्कार क्लिनिक एन्ड इएनटी केयर सेन्टरबीच मर्जर सम्झौता भएको छ ।
अस्पतालका तर्फबाट अध्यक्ष प्राडा गोपीप्रसाद हिराचन र आविष्कार क्लिनिकका तर्फबाट डा. कृष्ण बोगटीले सम्झौतापत्रमा साेमबार हस्ताक्षर गरेका छन् ।
यो सँगै आविष्कार क्लिनिकबाट बिरामीहरुले लिँदै आएकाे सेवा ईन्द्र चोकस्थित पाेखरा अस्पताल प्रालिबाट प्रदान हुने पोखरा अस्पताल प्रा लिका अध्यक्ष प्राडा गोपीप्रसाद हिराचनले बताए ।
आविष्कार क्लिनिकका सञ्चालकद्वय नाक कान घाँटीरोग विशेषज्ञ डा. सञ्जय कोइराला र एनेस्थेयोलोजिस्ट डा कृष्ण बोगटीलाई अध्यक्ष हिराचनले स्वागत गरे ।
साउन १ गते देखि पोखरा अस्पतालबाट डा काेइराला र बाेगटीले पूर्णकालीन रुपमा काम गर्ने भएका छन् ।
सम्बन्धित








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया