साउन ७ सम्म अहिलेकैजस्ताे लकडाउन
काठमाडौं
सरकारले लकडाउनको पछिल्लो मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार साउन ७ गतेसम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् भने मोटरसाइकल तथा निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा चल्नेछन्।
हवाई उडान तथा अन्तर्राष्ट्रिय नाका पनि बन्द रहनेछन् भने शैक्षिक संस्थाहरु बन्द नै रहनेछन् ।
रेस्टुरेन्टमा प्याकिङमात्र खुला गरिएको छ। सार्वजनिक उपयोगका सिनेमाहल, पुस्तकालय, संग्रहालयलगायतका स्थान भने बन्द नै रहनेछन्।
बजार, व्यवसाय र डिपार्टमेन्टल स्टोर भने खुला रहनेछन् भने सपिङ मलहरु भने बन्द नै रहनेछन्।
मन्त्रिपरिषद् बैठकले नाकाहरुमा कडाइ गर्ने तथा सामाजिक दूरी, मास्क र स्यानिटाइजरलाई अझ कडाइपूर्वक लागू गर्ने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया