आत्मरक्षा तालिम महिला सा‌ंसदलाई चाहिएकाे छ

समाधान संवाददाता २०७७ असार १६ गते १५:३७

ओमकला गौतम

Advertisement

सभामुख महाेदय

बजेटको सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रम बजेट वक्तव्य हुँदै विनियोजन विधेयकमा हाम्रो प्रदेश सभामा बडो उत्साहपूर्वक व्यापक र जीवन्त छलफल भयो । सदनमा छलफल हुने र अभिव्यक्त हुन विचारमा विविधता हुन स्वभाविक हो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले विषयवस्तुमा राख्ने दृष्टिकोण फरक हुनु पनि स्वभाविक हो ।

Advertisement

कहिले कहिले एक माननीयको अभिव्यक्तिमा अर्को माननयले सामान्य रुपमा आफ्नो विचार राख्ने प्रचलन पनि संसदीय अभ्यासको अंग हो । तर प्रस्ताव र विधेयकको दस्तावेजसँग सम्बन्धित विषयवस्तुमा माननीयले उठाउनुभएको प्रश्नको उत्तर दिने अधिकार प्रदेश सभा नियमावली १३३ को ८, १३० को ३, १४०, १०७, १२१ लगायत नियमले मन्त्रीलाई दिएको छ । हाम्रो प्रदेशसभामा माननीयले यो काम गरिरहेको देख्दा आश्चर्य लागेको छ ।

मन्त्री र मुख्यमन्त्री बोल्न जान्दैनन, प्रश्नको सटिक उत्तर उहाँहरुलाई आउँदैनन, सम्बन्धित मन्त्री, मुख्यमन्त्री ती पदका लागि सर्वथा असक्षम र अयोग्य छन् भन्ने मानसिकताबाट अभिप्रेरित भइ गरिएको हो भने पनि यो गलत छ ।

Advertisement

संसद नियमावली अनुसार चल्छ यसको विशेष प्रकारको गरिमा हुन्छ । चौतारी र पँधरामाजस्तै विधिको बहस संसदमा हुन सक्दैन भन्ने ज्ञान र अपनाउनुपर्ने अनुशासनबारे साढे २ वर्षको कार्यकाल पर्याप्त हुनुपर्ने हो ।

यस्तो किसिमको गतिविधि नियमित भइरहँदा बरु एउटा बिना विभागीय उत्तरमन्त्री नियुक्त गरेर नियमावलीमा समेत संशोधन गरी यो क्रियाकलापलाई संसदीय बनाउन सभामुखमार्फत सरोकारवालाहरुसँग आग्रह गर्न चाहान्छु ।


किशोरीलाई जस्तै आत्मरक्षा तालिम प्रदेश सभाका हामी माननीयलाई पनि चाहिएको छ । नारी अस्मिता, सम्मानको रोस्टमबाटै खिल्ली उडाउने माननीयबाट नारी प्रतिष्ठाको रक्षा गर्न ।

सामाजिक विकास मन्त्रालयले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालनका लागि २० लाख र किशोरीहरुका लागि आत्मरक्षा सम्बन्धी तालिमका लागि १५ लाख विनियोजन गरेको छ । सभामा अभिव्यक्त केही विचार सुन्दा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान प्रदेश सभाबाटै सुरु गर्नुपर्ने देखिन्छ ।


किशोरीलाई जस्तै आत्मरक्षा तालिम प्रदेश सभाका हामी माननीयलाई पनि चाहिएको छ । नारी अस्मिता, सम्मानको रोस्टमबाटै खिल्ली उडाउने माननीयबाट नारी प्रतिष्ठाको रक्षा गर्न ।

सभामुख महोदय

क्वारेन्न्टिनमा बस्दा एक नेपाली महिला बलात्कृत भइन् । पीडाले मर्माहित भएर हामी माननीयले त्यो निन्दनीय कार्यको भत्र्सना ग¥र्यौं । यस्तो प्रकृतिको घटना रोक्ने उपायको खोजी गरौं र दोषीलाई कानुनको कठ्घरामा उभयाइनु पर्दछ भन्यौं । को सत्तापक्ष, को प्रतिपक्ष, को पुरुष, को महिला, सबैले एक स्वरमा आवाज उठायौं ।
यही सभामा एक माननीयले गण्डकी प्रदेशमा त्यो बलात्कारको घटना नघटेको हुँदा महिला अस्मिताको रक्षा गर्न उठेको आजावलाई उपहास गर्ने खालको अभिव्यक्ति दिनुभएको देख्दा प्रदेश सभा मात्र हैन समग्र प्रदेश नै सर्मनाक भएको छ ।
युरोपको माक्र्सको कुरा गर्न हुने, चीनको माओको कुरा पनि गर्ने, भारतका गान्धी र नेहरुको कुरा पनि गर्न मिल्ने, चन्द्रमा मंगल उपग्रहको कुरा गर्दा पनि आपत्ती नहुने, अन्तरिक्ष मानव एलियनको पीडाबारे पनि बोल्न सकिने । वातावरण, प्रकृति वनजंगल जनावारको बारेमा बोल्दा पनि सान्दर्भिक हुने । तर, अस्मिता गुमाएकी नेपाली चेलीको बारेमा बोल्न नपाइने ? कस्तो मनोविज्ञान हो ?
सभामुख महोदय !
मानव सभ्यता नै लज्जित हुने त्यस्तो अभिव्यक्ति संसदको रेकर्डमै रहनु महिलालाई दोस्रो दर्जाको नागरिक ठान्ने निन्दनीय कार्यमा सभाको मौन समर्थनको रुपमा व्याख्या हुनेप्रति सजग हुन माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु ।

सभामुख महोदय !
प्रदेश सभामा त्यस्तो संवेदनाशून्य अमानवीय अभिव्यक्ति रोष्टमबाटै प्रस्तुत भइरहँदा नारीमाथि कुत्सित शब्द र भावले आक्रमण गरिरहँदा हामी मौन बस्यौं । नियमापत्ति गरी सदनलाई पापमय बनाउनबाट रोक्न नसक्नुको अपराधबोध म स्वयंलाई पनि भएको छ । त्यो कुकृत्यको मुकदर्शक भई, प्रतिक्रिया शून्य भई आफ्नो दायित्व पूरा नगरेकोमा सभामुख मार्फत बलात्कृत चेली, नेपाली महिला र सम्पूर्ण सभ्य मानव समाजसँग क्षमायाचना गर्दछु । कौरब सभामा दुशासनले द्रौपदीको चीरहरण गर्दा मौनता साँधेका भीष्म र द्रोणको भन्दा बढी हृदय हामी माननीयको पोल्नु स्वभाविक नै होला ।
सभामुख महोदय !
बलात्कार जहाँ भए पनि, जसमाथि भए पनि हाम्रो प्रदेशको विषयवस्तु बन्न सक्छ, बन्नुपर्दछ । आफ्नै छोरी, बुहारीमाथि घटना भएमात्र व्यतित हुने तर अन्य दिदीबहिनीको अस्मिता लुटिएको पीडामा मनोरञ्जनात्मक भावभंगीमा व्यक्त गरेर कुत्सित शब्दवाण चलाउने कार्यको जति निन्दा गरे पनि कम हुन्छ । हाम्रा लागि सांसद हुनुको गौरवभन्दा नारी भएकोमा अभिमान छ । लोगो फुकालेर तत्क्षण कडा कदम चाल्न हामीलाई बाध्य नपारियोस् ।
नेपाली कांग्रेसबाट निर्वाचित सांसद गौतमले बुधबार प्रदेश सभा बैठकमा व्यक्त गरेको अभिव्यक्ति ।

तपाईको प्रतिक्रिया