मुस्ताङ पनि काेराेनामुक्त, ८३ वर्षे पुरुषले जिते काेराेना
समाधान संवाददाता
२०७७ असार १६ गते १६:४३
एसके थकाली, जाेमसाेम
मुस्ताङ जिल्ला मंगलबारबाट काेराेनामुक्त भएकाे छ । असार ६ गते काेराेना पुष्टि भएका ८३ वर्षे पुरुष निकाे भएर घर फर्केसँगै मुस्ताङ काेराेनामुक्त भएकाे हाे ।
जेठ ३१ गते काठमाडाैंकाे बाैद्धबाट २० जनाकाे समूहमा आएका ती वृद्धमा आरडिटी पाेजेटिभ आएपछि स्वाब परीक्षण गर्दा पनि पाेजेटिभ आएकाे थियाे ।
उनी घरपझाेङ १ छैराेस्थित तिब्बती शरणार्थी क्याम्पका बासिन्दा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएकाे छ ।
संक्रमण पुष्टि भएपछि ती वृद्धलाई जाेमसाेमस्थित आइसोलेसन कक्षमा राखिएकाे थियाे । उनकाे सुसारका लागि ज्वाइँ पनि सँगै बसेका थिए । सँगै बसेकाे ज्वाइँमा भने काेराेना देखिएन ।
उनीसँगै आएका गाडीचालकसहित २३ जनामा पनि काेराेना नदेखिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया