भारतमा ८० करोड नागरिकलाई थप ५ महिना निशुल्क खाद्यान्न बितरण गरिने, मोदीले घोषणा गरे ९० हजार करोडको प्याकेज

समाधान संवाददाता २०७७ असार १६ गते १६:४३

एजेन्सी

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट पीडित देशवासीलाई थप ५ महिना निशुल्क खाद्यान्न वितरण गर्ने घोषणा गरेका छन् ।

मंगलबार अपरान्ह देशवासीका नाममा सम्बोधन गर्दै देशका गरिब ८० करोड नागरिकलाई महिनाको पाँच किलो चामल वा पाँच किलो गहुँ निशुल्क बितरण गरिने घोषणा गरे । यसका साथमा प्रत्येक परिवारको लागि एक किलो चना पनि निशुल्क उपलब्ध गराइने बताए ।

Advertisement

मोदीले गरेको घोषणा अनुसार पाँच सदस्यीय परिवार छ भने सो परिवारले प्रत्येक महिना २५ किलो गहुँ वा चामल पाउनेछन् । यो निकै ठुलो राहातको प्याकेज हो । यो प्याकेजलाई प्रधानमन्त्री गरिब कल्याण अन्न याेजना नाम दिइएको छ ।

नोभेम्बर महिनासम्म निशुल्क अनाज वितरण गर्दा ९० हजार करोड रुपैया लाग्ने जानकारी पनि भारतीय प्रधानमन्त्री मोदीले दिएका छन् ।

Advertisement

उनले लक डाउन पछि निशुल्क राहत वितरण भैरहेको बताउदै यसअघि ६० हजार करोडको खाद्यान्न वितरण भैसकेको समेत बताएका छन् । याे कार्यक्रम विगत ३ महिना देखि जारी रहेकाे माेदीले बताए ।

भारतमा एक अर्ब ३६ करोड जनसंख्या छ । ती मध्ये झण्डै ८० करोड जनता कोरोनाबाट राहात पाउनु पर्ने अवस्थमा रहेकाले सरकारले उनीहरुको समस्या सम्बोधन गरेको मोदीको दावी छ ।

आउने महिनाहरुमा भारतीय चाडबाडको महिना भएकाले पनि जनतालाई सास्ती नदिन खाद्यान्न वितरण गर्ने योजनालाई लम्बाएको मोदीले घोषणा गरे ।

तपाईको प्रतिक्रिया