थप ३१६ जनामा कोरोना, संक्रमित १३ हजार ५६४ पुगे

समाधान संवाददाता २०७७ असार १६ गते १६:५६

समाधान संवाददाता

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३ सय १६ सहित नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप ६० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ।

कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ। प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया