मुस्ताङको थासाङ क्षेत्रमा सलह

समाधान संवाददाता २०७७ असार १६ गते १९:४०


एसके थकाली

Advertisement


जोमसोस


भारतको विभिन्न प्रान्त हुँदै नेपाल भित्रिएको सलह कीरा हिमाली भेगमा पनि पसेको छ । केही दिनअघि तराई हुँदै पहाडी इलाकामा भित्रिएको सलह कीरा मंगलबार दिउँसो मुस्ताङको तल्लो क्षेत्रमा देखिएको हो ।

Advertisement


दक्षिण हावाको प्रभावसँगै फट्याङग्रा प्रजातिको सहल कीरा मुस्ताङ प्रवेश गरेको हुनसक्ने थासाङ गाउँपालिकाका कृषि संयोजक रामशरण सापकोटाले जनाए । उनका अनुसार छिमेकी जिल्ला म्याग्दीका विभिन्न भाग हँुदै सलह कीरा मुस्ताङ पसे पनि त्यसले कृषकको बालीनालीलाई असर नपु¥याएको बताए ।


मंगलबार दिउँसो करिब १२ बजे देखि ४ बजेसम्म सानो बगालमा सलह किरा मुस्ताङको थासाङको सिर्कुम, टिटी लेते, छयो, घाँसा र ताक्लुङ गाउँहरुमा देखा परेको जानकारी दिए । तर थासाङको तल्लोक्षेत्रमा सलह आए पनि कोबाङदेखि माथि उक्लन नसकेको गाउँपालिकाका कृषि संयोजक सापकोटाले उल्लेख गरे ।

Advertisement


थासाङ गाउँपालिका—५ का वडाध्यक्ष सोमल हिराचनले मंगलबार मध्याह्नको समयमा पातलो मात्रामा सलह बथान खेतबारीमा भित्रिएको जानकारी दिए । उनले चिसो मौसम भएको हिमाली जिल्ला मुस्ताङमा तापक्रम बढी भएको स्थानबाट प्रवेश गर्दा आश्चर्यमा परेको जनाए । ठूलो मात्रामा सलह प्रवेश गरे मुस्ताङको स्याउ, मकै, उवा लगायत बालीलाई क्षति पु¥याउन सक्ने उनको भनाइ छ । उनले सलह कीराको असरले पु¥याउने क्षति बारे स्थानीय तहले सजगता अपनाउन आवश्यक भएको बताए ।


मंगलबार तराईदेखि पहाड हँुदै हिमाल उक्लिएको सलह कीरा संकलन गर्न थासाङ—३ लेतेकी मन गौचन सक्रिय बनिन् । उनले दिउँसोको समय खेतबारीमा देखिएका सलह कीरा जम्मा गरेको तस्बिरमा कैद समेत गरेको जनाइन् । उनका अनुसार दिउँसो पसेका सलह कीरा साँझ परेपछि हराउँदै गएको छ । मुस्ताङका कतिपयले सलह कीरा हावाको प्रवाहसँगै उत्तरी कोरलानाका सम्म पुग्ने अनुमान लगाएका छन् ।

मुस्ताङ थासाङ गाउँपालिकामा मंगलबार देखिएको सलह कीरा । तस्बिर : मन गौचन ।

तपाईको प्रतिक्रिया