गण्डकीमा सलहका ५ झुन्ड छिरे, २ फर्किए

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशका ४ जिल्लामा सलह कीरा देखिएको छ । मंगलबारसम्म प्रदेशका ४ जिल्लामा बाली नासक सलह कीरा देखा परेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
कास्की, लमजुङ, नवलपुर र स्याङ्जामा सलह देखिएको हो । पाल्पासँग सिमा जोडिएको स्याङ्जाको कालिगण्डकी गाउँपालिका हुँदै गण्डकी प्रदेशमा सलह भित्रिएको मन्त्रालयका वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालले बताए।
उनका अनुसार पाल्पा–स्याङ्जा सिमानाको रानी महलबाट सलह गण्डकी प्रदेश भित्रिएका छन् ।
त्यहाँबाट सलहका ५ वटा झुण्ड स्याङ्जा छिरेको उनले बताए । अधिकृत हमालले समाधानसँग भने, ‘गण्डकी प्रदेशमा अहिलेसम्म रानीमहल हुँदै ५ वटा झुण्ड भित्रिएका छन् । २ वटा झुण्ड गल्मीतिर गएको जानकारी छ ।’
गण्डकी प्रदेशमा रहेका ३ झुण्डमध्ये २ वटा झुण्ड कालिगण्डकी गाउँपालिकाको जंगलमा बसेको छ । एउटा झुण्ड कालिगण्डकी नदीको तिरैतिर पर्वत पुगेको पाइएको छ । सलह ठूलो झुण्डमा देखिने र अहिलेसम्म गण्डकीमा ठूलो क्षति नपुगेकाले त्रसित नहुन हमालले आग्रह गरे ।
कास्कीको रुपा गाउँपालिका–७ काउरेमा सोमबार सलहको एउटा समूह बास बसेको मन्त्रालयले जनाएको छ ।
‘अहिलेसम्मको स्थिति हेर्दा यो कीरा नदी, खोलाको छेउछाउमा देखिएको छ । रुपामा कताबाट आइपुग्यो भन्ने यकीन गर्न सकिएको छैन,’ वागवानी विकास अधिकृत अर्जुनदेव ज्ञवालीले थपे, ‘एक ठाउँमा सय वटा आएर बस्यो भने अन्त सबै गएको छैन । त्यहाँबाट तितरबितर भएको देखियो ।’
कहाँ कहाँ देखियो सलह ?








‘प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको पनि दायित्व हो’
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया