कांग्रेस स‌ांसद ज्ञानकुमारी छन्त्यालकाे निधन

समाधान संवाददाता २०७७ असार १७ गते ९:५६

पाेखरा

प्रतिनिधिसभा सदस्य सदस्य ज्ञानकुमारी छन्त्यालको बुधबार बिहान काठमाडौंमा निधन भएको छ । उनको उपचारका क्रममा सहिद गंगालाल ह्दयरोग केन्द्रमा निधन भएको हो । अघिल्लो आइतबार मुटुको ३ वटा भल्ब ब्लक भएपछि मुटुको शल्यक्रिया गरिएको थियो ।

\
मुटुमा समस्या देखिएपछि उनी लामो समयदेखि प्रतिनिधिसभा बैठकमा सहभागी हुन सकेकी थिइनन् । निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनका क्रममा समेत उनी मतदानमा भाग लिन उनी असमर्थ भएकी थिइन् ।

Advertisement

अल्पसंख्यक समुदाय (छन्त्याल)बाट नेपाली कांग्रेसका तर्फबाट समानुपातिक कोटामा सांसद हुन् । उनी २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङबाट प्रत्यक्ष निर्वाचित भएकी थिइन् ।

छन्त्यालको बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने भएकाे छ । छन्त्यालका श्रीमान, दुई छोरा र दुई छोरी छन्।

Advertisement


सांसद छन्त्यालको निधनमा सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कांग्रेस नेता डा शेखर कोइरालाले दुख व्यक्त गरेका छन् । सांसद छन्त्यालको निधन भएपछि कांग्रेस केन्द्रीय समितिको बैठक र संसदीय दलको बैठक समेत स्थगित हुने भएको छ ।

तपाईको प्रतिक्रिया