गण्डकीका ६ जिल्लामा थपिए २८ संक्रमित

समाधान संवाददाता २०७७ असार १७ गते ९:५३

समाधान संवाददाता

Advertisement

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप २८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नवलपुरका १२, स्याङ्जाका ८, गोरखाका ३, बागलुङका ३, कास्की र तनहुँका १/१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

आज थपिएका २८ सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । संक्रमितमध्ये २ सय १४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया