आदिवासी पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

समाधान संवाददाता २०७७ असार १७ गते १०:२५

पोखरा

हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ मिलनले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् ।

समाजसेवी गुरुङले मिलन फाउन्डेस नेपाल र मिलन वर्ल्ड डट न्यूजमार्फत् फोनिज, गण्डकी प्रदेशलाई २५ हजार रुपैयाँ बराबरका स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका हुन् । उनले प्रदान गरेका सर्जिकल मास्क, केएन ९५ मास्क, सेनिटाइजर, हात धुने साबुनलगायतका स्वास्थ्य सुरक्षा सामग्री मंगलबार फोनिज, गण्डकी प्रदेशलाई हस्तान्तरण समेत गरिएको छ ।

Advertisement

समाजसेवी गुरुङकी आमा एवं मिलन ट्रष्ट नेपालकी संरक्षक, समाजसेवी सावित्री गुरुङले फोनिज, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरलाई ती सुरक्षा सामग्री हस्तान्तरण गरेकी हुन् ।

सुरक्षा सामग्री ग्रहण गर्दै फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगरले समाजसेवी गुरुङले फोनिज र पत्रकारप्रति देखाउनुभएको सद्भाव एवं सहयोगको सधैं सम्मान गर्ने बताए ।

Advertisement

अहिलेको समयमा सच्चा दिलले सामाजिक सेवा गर्ने व्यक्तिको अभाव भएको भन्दै मगरले समाजसेवी गुरुङ भने त्यसको अपवाद भएको उनले बताए । अध्यक्ष मगरले समाजसेवी गुरुङले गरेकाे सहयोगको फोनिजले उच्च मूल्यांकन गर्ने र सहयोगलाई सही ठाउँमा प्रयोग गरिने वाचा गर्दै सहयोगका लागि उनले धन्यवाद व्यक्त गरे । त्यस्तै, समाजसेवी गुरुङले राम्रो काम गर्ने संस्थालाई आफूले सधैं सहयोग गर्ने उल्लेख गरिन् ।

समाजसेवी गुरुङले प्रदान गर्नुभएको सुरक्षा सामग्री कोभिड–१९ को जोखिमका बीच क्रियाशील गण्डकी प्रदेश अन्तर्गत फोनिजका विभिन्न जिल्ला शाखामार्फत् पत्रकारहरूलाई वितरण गरिने फोनिज, गण्डकी प्रदेशकी संगठन सचिव खिमा गुरुङले बताइन् ।

फोनिज, गण्डकी प्रदेशले यसअघि, फोनिज, गण्डकी आकष्मिक कोष स्थापना गर्ने निर्णय समेत गरिसकेको छ ।

समाजसेवी गुरुङले यसअघि, पनि विभिन्न संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री, स्वास्थ्य सामग्रीलगायतका सहयोग गरिसकेका छन् । सुरक्षा सामग्री हस्तान्तरण कार्यक्रममा फोनिज, गण्डकी प्रदेशका अध्यक्ष मगरसहित महासचिव रूद्रबहादुर श्रीसमगर, संगठन सचिव खिमा गुरुङ, अनुशासन आयोगका अध्यक्ष मणि गुरुङ, कार्यसमिति सदस्यद्वय मीना थापामगर र सुमन गुरुङको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया