तुलसीबाट मानव शरीरलाई फाइदैफाइदा
कृष्ण राउत
आषाढ शुक्ल एकादशीका (हरिशयनी एकादशी) दिन आज हिन्दू धर्मावलम्वीहरुले आआफ्ना घरआँगनमा तुलसीको मोठ, गमलामा जेष्ठ शुक्ल एकादशीका दिन बिजारोपण गरी तयार भएको तुलसीको विरुवा रोप्ने प्रचलन छ ।
भगवान विष्णुको प्रतीकको रुपमा चिनिने तुलसीमा भएको औषधीय गुण मानव स्वास्थ्यमा बहुउपयोगी मानिन्छ । त्यसैले आयुर्वेदमा औषधिको रुपमा प्रयोग हुन्छ ।
बहुउपयोगी एवं औषधिय गुण वनस्पती तुलसीलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले रोग प्रतिरोध क्षमता बढाउने गुण भएका जडिबुटीहरुमा समावेश गरेको छ ।
५ पत्ता तुलसी, सुठो, पिप्ला, मरिच २ ग्राम १ लिटर पानीमा उमालेर नियमित सेवन गर्न विभागको सुझाव छ । तुलसीको पत्र, पुष्प, बिज मूल औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । प्रतिश्याय, ज्वर, स्वरभेद, कास, श्वास, रक्त विकार, अग्निमांद्यमा तुलसी उपयोगी मानिन्छ ।
तुलसीको नियमित प्रयोगले पाचनप्रणाली सक्रिय बनाउन मद्दत गर्दछ । तुलसीले कार्बनडाइअक्साइड, कार्बनमोनो अक्साइड जस्ता विषमय वायुलाई सोषी प्रचुर मात्रामा अक्सिजन प्रवाह गरी करिब ४ सय मिटर वरीपरीको प्राकृतिक हावा शुद्धिकरण गर्दछ ।
हावालाइ नै शुद्धिकरण गरेर विभिन्न भाइरस लगायतका रोगबाट बचाउने गुण भएको वनस्पती तुलसी हो । ज्ञान, बैराग्य भक्ती र भक्तीको प्रतीक मानव जीवनले प्राप्त गरेको विज्ञानलाई सम्पूर्ण भावमा परिणत गराई सकारात्मक रुपमा प्रयोग गर्नुको शाब्दिक अर्थ नै तुलसी हो ।
आयुर्वेद ग्रन्थअनुसार यसको गुण–लधु, रुक्ष, रस–कटु, तिक्त, विपाक–कटु, विर्य–उष्र्ण हुन्छ ।
अन्य फाइदाहरुः
–ग्रहण आदिबाट पृथ्वीमा आउने विकिरण शुद्ध पार्न मद्दत गर्छ ।
–शरीरलाई आवश्यक पर्ने अक्सिजन पुर्याइ अक्सिजनको कमीबाट लाग्न सक्ने समस्याबाट बचाउँछ ।
–बालबालिकाहरुको लागि शारीरिक मानसिक अवस्था राम्रो बनाई पढाइमा तेज बढाउन र स्मरण शक्ति बढाउँछ ।
–शयनकक्ष वरिपरि तुलसीको विरुवा भएमा गहिरो निन्द्रा लाग्छ । खराब सपना देख्नबाट मुक्त बनाउँन मद्दत गर्दछ ।
–सकारात्मक सोचको विकास गरी खराब बानी हटाउँछ ।
–तुलसी भएको घरमा झै झगडा नहुने विश्वास छ ।
–तुलसीको वरिपरि भूत, प्रेत, मसान, पिचास नआउने विश्वास दैविक विधामा छ ।
–स्थानीय अन्धविश्वास भाषामा शरीरमा बोक्सीले टोकेर निल डाम, धब्बा आयो भनिन्छ । त्यो अक्सिजनको कमीले गर्दा आउने हो । तुलसी भएको घरमा बस्ने मानिसलाई हावाबाटै अक्सिजनको मात्रा पूर्ण हुने हुँदा त्यस्तो समस्या देखिदैन ।
–शरीरभित्र खानपान र प्रदूषणबाट उत्पन्न विकारलाई नष्ट पार्छ ।
–छालाको रोग लाग्न दिन्न ।
–तुलसीमा एन्टी अक्सिडेन्ट, एन्टीभाइरल तत्व पनि पाइने आयुवर्देमा उल्लेख छ ।
–कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहँदा नेपाल, भारत, चीन लगायत धेरै मुलुकले तुलसीको प्रयोग बढाएका छन् । तुलसीमा रोग प्रतिरोध क्षमता बढाउने गुण भएकोले कोरोना विरुद्ध लड्न महत्वपूर्ण भूमिका रहने आयुर्वेद चिकित्सकहरुको विश्वास छ ।
–तुलसीमा बहुआयामिक फाइदा भएकाले नियमित चियाको रुपमा प्रयोग गरौं । रोग प्रतिरोध क्षमता बढाऔं र स्वस्थ्य रहौं ।
(लेखक राउत कुशुम कृष्ण आयुर्वेदका सञ्चालक हुन् ।)
तपाईको प्रतिक्रिया