को हुन् खगेन्द्रप्रसाद भुषाल, नेकपा एमालेमा गण्डकीका उनी मात्रै

समाधान संवाददाता २०७७ असार १७ गते १४:०८

समाधान संवाददाता

Advertisement

निर्बाचनमा आयोगमा नेकपा एमाले नामक दल दर्ताका लागि परेको निवेदन यति बेला निकै चर्चामा छ । सत्तारुढ नेकपामै भुइचालो ल्याएको यो पार्टीको केन्द्रिय कार्य समितिमा को को छन् भन्ने नाम समेत सार्बजनिक भएको छ ।

निर्बाचन आयोगमा दल दर्ताका लागि दिइएको निवेदनमा नेकपा एमालेको केन्द्रिय कार्य समिति २१ सदस्यीय छ । कोही पनि परिचित अनुहार र राजनीति गर्ने व्यक्तीहरु नरहेको सो केन्द्रिय कार्य समितिका २१ जना मध्येमा ११ जना पुरुष र १० जना महिला छन् ।

Advertisement

पार्टीको अध्यक्षमा विराटनगरकी ४७ बर्षीया महिला सन्ध्या तिवारीको नाम छ । पार्टीको उपाध्यक्ष पनि महिला नै छन् । रामेछापकी भगवती खड्कालाई उपाध्यक्ष राखिएको छ भने जनकपुरका मनिषकुमार उपाध्याय महासचिव छन् ।

निर्बाचन आयोगमाा बुझाइएको केन्द्रिय कार्य समितिमा प्रत्येक प्रदेशमा एक एक जना रहने गरी ७ जना सचिव बनाइएको छ । जस अनुसार गण्डकी प्रदेशको सचिवको जिम्मेवारी खगेन्द्रप्रसाद भुषाललाई दिइएको छ । उनको ठेगाना उरामपोखरा–५ पवर्त लेखिएको छ । उनी गण्डकी प्रदेशका लागि परिचित नाम होइनन् ।

Advertisement

त्यस्तै प्रदेश १, २ र ३ मा क्रमश अस्मिता सुनार, दावा लामा र जयराम राउतलाई सचिव बनाइएको छ भने ५, ६ र ७ प्रदेशमा राधा पुरी, हिराबहादुर बोहोरा र ताराबहादुर शाहीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

अन्य ११ जना केन्द्रिय सदस्य छन् । ती मध्ये कसैको पनि गण्डकी प्रदेशमा स्थायी ठेगना भएको उल्लेख छैन् ।


तपाईको प्रतिक्रिया