खगेन्द्रप्रसाद भुषाल युवा संघ नेपालका केन्द्रिय सदस्यका दाइ !

समाधान संवाददाता २०७७ असार १७ गते १४:५३

समाधान संवाददाता

निर्बाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ताका दिइएको केन्द्रिय सदस्यको नामावलीमा गण्डकी प्रदेश सचिवका रुपमा पर्वत जिल्लाको उरामपोखरा गाउपालिका ५ का खगेन्द्रप्रसाद भुषालको नाम उल्लेख छ । नेकपा एमालेको २१ सदस्यीय केन्द्रिय कार्य समितिमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना मात्र छन् ।

निर्बाचन आयोगमा उनको नाम पाइएपछि गण्डकी प्रदेशमा खगेन्द्रप्रसाद भुषालको खोजी भैरहेको छ । राजनैतिक कही कतै नसुएको नाम भन्दै पवर्तमा समेत चासो मानेरै उनको खोजी भैरहेको छ ।

Advertisement

पवर्त कै पत्रकारहरुले खोजी गर्दै जाँदा उरामपोखरा–५ मा एक जना खगेन्द्रप्रसाद भुषाल नाम गरेका व्यक्ती फेला परेका छन् । उनी काठमाण्डौं तिरै बस्ने र ब्यापार व्यवसाय गर्ने गरेको पवर्तका पत्रकारले पत्ता लगाएका छन् ।

पवर्तका पत्रकारले फेला पारेका खगेन्द्रप्रसाद भुषाल सत्तारुढ दल नेकपा (नेकपा) कै भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य सुन्दर भुषालका दाइ हुन् । सुन्दर भुषाल पार्टी भित्रको गुटगत राजनीतिमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली लाइनका युवा नेता हुन् ।

Advertisement

‘कन्फर्म गर्न त सकिएन तर उरामपोखरा–५ मा खगेन्द्र भुषाल नाम गरेका व्यक्ती खोज्दा अहिलेसम्म सुन्दरका दाइ मात्रै भेटाएका छौं ।’ ती पत्रकारले भने समाधान न्यूजसंग भने । ‘ती खगेन्द्र राजनीतिम सकृय भएर लाग्ने मान्छे होइनन् । उनी आफ्नै पेशा व्यवसायमा रमाइरहेका छन् ।’ ती पत्रकारले भने ।

याे पनि को हुन खगेन्द्र प्रसाद भुषाल, नेकपा एमालेमा गण्डकीका उनी मात्रै

तपाईको प्रतिक्रिया