गण्डकी प्रदेशमा कोरोना संक्रमित एक हजार ६ पुगे
समाधान संवाददाता
२०७७ असार १७ गते १६:४७

समाधान संवाददाता
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार दिउँसो १४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ६ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा लमजुङका १०, कास्कीका ३ र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।

सम्बन्धित
तपाईको प्रतिक्रिया