थप ४८२ जनामा संक्रमण, मृतक ३० पुगे

समाधान संवाददाता २०७७ असार १७ गते १६:५९

समाधान संवाददाता

नेपालमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ६५ पुरुष र १ सय १७ महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

आज थपिएकासहित कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ४ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् ।

Advertisement

थप एक जनाको मृत्यु

देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । असार १४ गते मृत्यु भएका अछामको रामरोशन ५ का एक पुरुषको पोजेटिभ रिपोर्ट आएसँगै मृत्यु हुनेको कुल संख्या ३० पुगेको प्रवक्ता डा गौतमले बताए ।

Advertisement

उनकाअनुसार मधुमेहका बिरामी उनलाई श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि १३ गते बयालपाटा अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएपछि तत्कालै स्वाब संकलन गरिएको थियो । परीक्षणका क्रममा उनको हिजो पोजेटिभ रिपोर्ट आएको हो ।

तपाईको प्रतिक्रिया