गरिमा बैंकले दियाे १ महिनाकाे ब्याज छुट

समाधान संवाददाता २०७७ असार १८ गते ६:१९

पोखरा

Advertisement

कोरोना भाइरस (कोभिड–१९) को कारण देशव्यापी बन्दाबन्दीको यो अवस्थामा गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई असार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने भएको छ ।

बैंकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी यात्रुबहाक बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।

Advertisement

सेवाग्राहीले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् । अहिलेको अवस्थामा ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गरेका सेवाग्राहीलाई प्रदान गर्न लागेको छुटले थोरै भएपनि राहत हुने ढकालले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया