गरिमा बैंकले दियाे १ महिनाकाे ब्याज छुट

पोखरा
कोरोना भाइरस (कोभिड–१९) को कारण देशव्यापी बन्दाबन्दीको यो अवस्थामा गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायात क्षेत्रलाई असार महिनाको व्याज रकम राहत स्वरुप पूरै छुट दिने भएको छ ।
बैंकमा सुरक्षणको रुपमा सम्बन्धित सवारी साधन समेत धितो राखी यात्रुबहाक बस, मिनीबस, माइक्रो बस, जिप र ट्याक्सी लगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीहरुलाई नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहत स्वरुप पूरै छुट दिने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए ।
सेवाग्राहीले असार मसान्तभित्र गरिमा विकास बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् । अहिलेको अवस्थामा ‘हायर पर्चेज’ शीर्षकमा कर्जा सुविधा उपभोग गरेका सेवाग्राहीलाई प्रदान गर्न लागेको छुटले थोरै भएपनि राहत हुने ढकालले बताए ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया