विद्यार्थीलाई गण्डकी बैंकको सहयोग

पोखरा
पोखरामा प्रधान कार्यालय रहेको गण्डकी विकास बैंकले पोखरा महानगरपालिका वडा नं २७ अर्घौं अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक तथा स्टेसनरी प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले विद्यालय व्यवपस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र पौडेल र प्रधानाध्यापक गुरुप्रसाद सापकोटालाई पोसाक तथा स्टेसनरी प्रदान गरेका हुन् ।
कक्षा ५ सम्म रहेको उक्त विद्यालयमा अधिकांश गरीब तथा विपन्न वर्गका ४३ जना विद्यार्थी छन् । पोसाक तथा स्टेसनरीले विद्यार्थीलाई नियमित विद्यालय आउन सहयोग पुग्ने विश्वास लिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए ।
बैंकका सिइओ थापाले विभिन्न क्षेत्रमा क्रियाशील सामाजिक संघसंस्थासँग सहकार्य गर्दै बैंकले निरन्तर सहयोग गर्दै जाने बताए ।
बैंकका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सभाका सदस्य विन्दुकुमार थापाले सरकारी विद्यालयको शैक्षिक स्तरोन्ति गर्न आवश्यक रहेको भन्दै प्राविधिक शिक्षामा जोडदिनुपर्ने बताए ।
वडा अध्यक्ष पूर्णकुमार गुरुङले सामुदायिक विद्यालयको शैक्षीकस्तर उकास्न निर्वाचित जनप्रतिनिधिको टिम निरन्तर लागेको भन्दै भौतिक पूर्वाधार सम्पन्न विद्यालयमा पनि विद्यार्थी संख्यामा कमी आँउदा विद्यालयको उन्नति र प्रगति हुन नसकेको बताए ।
विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद सापकोटाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक वेदनाथ अधिकारीले गरेका थिए ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया