गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित
समाधान संवाददाता
२०७७ असार १८ गते ९:२६
समाधान संवाददाता
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा तनहुँका ३, स्याङ्जाका २, पर्वतका २ र बागलुङका १ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४ पुगेको छ । संक्रमितमध्ये २ सय ८७ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया