चट्याङले बारामा ४ महिलाकाे मृत्यु, ७ घाइते

समाधान संवाददाता २०७७ असार १८ गते ९:५१

पाेखरा

Advertisement

चट्याङले लागेर बारामा बिहीबार बिहान ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। धान रोपाइ गर्न बिहान करिब ७ बजेतिर खेतमा गएका बेला चट्याङले लागेर बारा कलैया उपमहानगरपालिका १२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

बिहिबार नै चट्याङले लागेर बाराकै फेंटा गाउँपालिका १ कि ४० वर्षीया सुनरपती देवी र ३० वर्षीया ईन्दु देवीको मृत्यु भएको थियो।

Advertisement

चट्याङ लागेर फेंटा गाउँपालिका १ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए।

Advertisement

तपाईको प्रतिक्रिया