सुवास नेम्बाङ बन्लान् त प्रधानमन्त्री ?

समाधान संवाददाता २०७७ असार १८ गते ११:०६

पोखरा

प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला दलकै उपनेता सुवासकुमार नेम्बाङको नाम अघि आएको छ । आफूले पद छोड्नै पर्ने भए उपनेता नेम्बाङको नाम ओलीले नै अघि सारेका हुन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सक्रिय भएपछि ओलीले नेम्वाङलाई भावी प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ ।

ओलीले आफूले प्रधानमन्त्री पद त्याग्नु पर्ने भए सहमतिमै नेम्वाङलाई प्रधानमन्त्री बनाउने तुरुप फ्याकेका हुन् । स्रोतका अनुसार बुधबार दिउँसो ओली प्रचण्डबीच अरु केही नेताबीच भएको छलफलमा ओलीले नेम्वाङको नाम अघि सारेका हुन् ।

ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरु मलाई हटाउने नै हो भने हामी बाहेकबाट विकल्प खोजौं । मेरो त प्रस्ताव त सुवासजीलाई प्रधानमन्त्री बनाऔं ।’ ओलीको प्रस्तावप्रति दाहालले कुनै प्रतिक्रिया भने जनाएनन् ।

तपाईको प्रतिक्रिया